
म्युजिक भिडियोको एक दृश्यमा अञ्जु पन्त र थिर कोइराला
३ फागुन, काठमाडौं । गायिका अञ्जु पन्तले नयाँ गीत सार्वजनिक गरेकी छन् । हाल अमेरिकामा रहेकी अञ्जुले सोमबार भ्यालेन्टाइन डेको अवसर पारेर ‘अब छाडेर जाने कुरा नगर’बोलको प्रेमगीत सार्वजनिक गरेकी हुन् ।
भ्यालेन्टाइन स्पेसल भनेर सार्वजनिक गरिएको गीतको भिडियोमा अञ्जु श्रीमान थिर कोइरालासँग प्रस्तुत छिन् । भिडियोमा उनीहरुको विवाहको दृश्य समेत समावेश गरिएको छ । अन्जु र थिरले गत वर्ष विवाह गरेका हुन् ।
गीतमा गोबिन्द हुमागाईंको शब्द, कर्मा ग्याल्जेन बोमजनको संगीत र फणिन्द्र राईको एरेन्ज छ । लक्ष्मण दियालीको परिकल्पना, निर्देशन तथा सम्पादन रहेको म्युजिक भिडियो ‘अन्जु पन्त अफिसियल’युट्युब च्यानलमा सार्वजनिक गरिएको हो । भिडियोलाई नरेन्द्र लोहनीले खिचेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4