
३ फागुन, दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले दलीय स्वार्थ त्यागेर प्रदेशलाई समृद्ध बनाउने अभियानमा जुट्न आग्रह गरेका छन् ।
दाङको देउखुरीमा भएको लुम्बिनी प्रदेशको चौथो स्थापना दिवसको अवसरमा बोल्दै मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेश सरकार जनताको आकांक्षाहरु र आवश्यकतालाई पूरा गर्दै समृद्ध प्रदेश निर्माण गर्ने अभियानमा अघि बढेको बताए ।
उनले प्रतिष्पर्धी टकराबले सिंगो मुलुकलाई नै अस्थिरताको दिशातर्फ लैजाने भन्दै राजनीतिक र दलीय स्वार्थ बिर्सेर समृद्ध प्रदेश निर्माण गर्ने अभियानमा सहभागी हुन आग्रह गरे । यसका लागि राजनीतिक एकता र सहकार्य आवश्यक रहेको उनले उल्लखे गरे ।
‘प्रदेश सरकारको ३ वर्ष राजनीतिक प्रतिस्पर्धा बित्यो’ उनले भने, ‘तर पछिल्लो एक वर्ष राजनीतिक सहकार्य हुँदा प्रदेश सरकारका कामहरु उपब्लधिमुलुक बन्न गयो ।’ उनले राजनीतिक सहकार्य र एकताले नै समृद्ध प्रदेशका निर्माण गर्न सम्भव हुने बताए ।
मुख्यमन्त्री केसीले प्रदेश सरकारले चार वर्षलाई समृद्ध प्रदेश निर्माण गर्ने उपलब्धीमूलक वर्षका रुपमा हेरेको उनले बताए । उनले आगामी वर्ष सरकारका कामलाई अझै प्रभावकारी ढंगले अघि बढाउने प्रतिवद्धता जायर गरे ।
मुख्यमन्त्री केसीले वर्तमान सरकार पहलमा स्थाई राजधानी दाङ ल्याउने काममा अघि बढेको बताए । उनले लुम्बिनी प्रदेशको राजधानी निर्माणको लागि गुरुयोजना र जग्गा एकीकरणको काम अन्तिम चरण पुगेको बताए ।
प्रतिक्रिया 4