+
+

रोनाल्डोको गोल, म्यानचेष्टर युनाइटेडको जित

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ४ गते ८:२६

४ फागुन, काठमाडौं । दुई पोर्चुगिज खेलाडी क्रिस्टियानो रोनाल्डो र ब्रुनो फर्नान्डेजको गोलमा म्यानचेष्टर युनाइटेडले प्रिमियर लिगमा १० खेलाडीमा समेटिएको ब्राइटनलाई २-० ले पराजित गरेको छ ।

घरेलु मैदान ओल्डट्राफोर्डमा भएको खेलमा युनाइटेडले दुवै गोल दोस्रो हाफमा गरेको थियो ।

खेलको ५१औं मिनेटमा रोनाल्डोले स्कट म्याकटोमिनेको पासमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । यस्तै ब्रुनोले इन्जुरी टाइमको सातौँ मिनेटमा पउल पोग्वाको पासमा गोल गरे ।

जितपछि २५ खेलबाट ४३ अंक जोड्दै युनाइटेड चौथो स्थानमा उक्लिएको छ । ब्राइटन २४ खेलबाट ३३ अंकसहित नवौँ स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?