+
+

नेपालमा नयाँ विद्युतीय गाडी सार्वजनिक गर्दै हुन्डाइ

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ४ गते ६:२८

४ फागुन, काठमाडौं ।  नेपाली बजारमा हुन्डाइले नयाँ विद्युतीय गाडी सार्वजनिक गर्दैछ । नेपालमा हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले केही समयमै विद्युतीय मोडल ‘आइओनिक–५’ को विक्री सुरु गर्ने भएको हो ।

विद्युतीय गाडीको माग र यसप्रतिको आकर्षण बढ्दो अवस्थामा रहेका बेला कम्पनीले नयाँ मोडलको गाडी नेपाल ल्याउन लागेको हो । उत्कृष्ट ढंगले डिजाइन गरिएको गाडी आधुनिक सुविधायुक्त छ । आइओनिक–५को डिजाइनलाई कम्पनीले प्रिमियम विद्युतीय गाडीकै स्वरुप भनेको छ ।

प्यारामेट्रिक पिक्सल हेडल्याम्प, पिक्सेल टेल लाइट, काल्मसेल हुड, एक्टिभ एयर इन्टेक्ससहितको यो गाडी नेपाली ग्राहकले खुबै रुचाउने कम्पनीको अपेक्षा छ ।

हुन्डाईको सबैभन्दा नयाँ विद्युतीय ग्लोबल मोडुलर (ई–जीएमपी)मा प्लेटफर्ममा बनेको आइओनिक–५मा राखिएको ब्याट्रीले फास्ट चार्ज सपोर्ट गर्छ । आइओनिक–५को इन्टेरियर सफा र सहज छ । इन्टेरियरमन पनि वातावरणमैत्री सामग्री प्रयोग गरिएको छ ।

यो गाडी सुरक्षाका हिसावले पनि अब्बल छ । विभिन्न सुरक्षात्मक प्रविधिले गाडीमा यात्रा गर्नेहरुलाई सुरक्षित महसुस गराउँछ ।

आइओनिक–५ सोलार रुफ र भिजन रुफ गरी दुई भेरियन्टमा उपलब्ध हुने छ । सोलार रुफ भेरियन्टमा छतमा सोलार प्यानल जडान भएको छ । १०० किलोमिटर दैडिँदा गाडीमा खपत हुने ऊर्जाको ५ देखि ७ प्रतिशत ब्याट्रीको चार्ज सौर्य प्रविधिबाटै हुन्छ ।

सामान्य पावर सकेटबाट चार्ज गर्न सकिने भएकाले यो सहज विद्युतीय गाडी पनि हो । एकपटक फूल चार्ज भएपछि ३६५ किलोमिटरसम्मको माइलेज दिनसक्ने कम्पनीको दावी छ । यो ११८ इन्च ह्विलबेसमा छ । जुन अन्य एसयूभीभन्दा लामो हो ।

पाँच जनाले सहज रुपमा यात्रा गर्न सक्ने आइओनिक–५ अफरोडका लागि पनि उपयुक्त छ ।  विभिन्न ११ रंगहरुमा उपलब्ध हुने गाडीको मूल्य कति हुन्छ भन्ने यकीन छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?