+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

घुन्साखोला जलविद्युत आयोजनामा लगानी गर्न एनएमबी बैंक र रेमिट हाइड्रोबीच सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ४ गते १३:१०

४ फागुन, काठमाडौं । एनएमबी बैंक लिमिटेड र रेमिट हाइड्रो लिमिटेडबीच घुन्साखोला जलविद्युत आयोजनामा लगानी गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

जनताको जलविद्युत कार्यक्रममा समावेश भएको ७७.५ मेगावाट क्षमताको ताप्लेजुङमा अवस्थित घुन्साखोला जलविद्युत आयोजना रेमिट हाइड्रो लिमिटेडद्वारा प्रवर्द्धित आयोजना हो ।
रेमिट हाइड्रोको मुख्य लगानीकर्ता हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड तथा रेमिट्यान्सकर्ताहरु लगानी रहने छ ।

समझदारी पत्रमा हस्ताक्षर पश्चात अन्य बैंक तथा वित्तीय संस्थाहरुलाई समेत सामेल गराई सह—वित्तीयकरण गठन गरी अयोजनाको वित्तीय व्यवस्थापन गरिने एनएमबी बैंकले जनाएको छ ।

घुन्साखोला जलविद्युत आयोजनाको कुल लागत १८ अर्ब २५ करोड रुपैयाँ रहने छ । एनएमबी बैंकले हालसम्म ४६ वटा जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको छ ।

नेपाल राष्ट्र बैंकबाट जारी पर्यावरण र सामाजिक जोखिम व्यवस्थापन २०२२ को निर्देशन अनुसार एनएमबी बैंकले वातावरणीय तथा सामाजिक नीति तयार पारी त्यस बमोजिम पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणाली लागू गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?