
तस्वीर : कैलाली खबरबाट
४ फागुन, धनगढी । नेपाल बन्दको अवज्ञा गरेर कार्यालय सञ्चालन गरिएको भन्दै बन्दकर्ताले कैलालीको घोडाघोडी नगरपालिकामा तालाबन्दी गरेका छन् ।
बजार बन्द गराउँदै हिँडेका विभिन्न ६ दल सम्मिलित मोर्चाका कार्यकर्ताहरूले बन्द अवज्ञा गरेर कार्यालय सञ्चालन गरेको भन्दै बुधबार दिउँसो नगरपालिका भवनको मुख्य गेटमा तालाबन्दी गरेको हो ।
बन्दकर्ताले तालाबन्दी गरेपछि कार्यालयका कर्मचारी र जनप्रतिनिधिहरूसमेत केहीबेर भित्रै थुनिएको प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रबहादुर सिंहले बताए । तर, आफूहरूको अनुरोधपछि अहिले बन्दकर्ताले ताला खोलेको उनले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4