४ फागुन, दाङ । प्रहरीले ६३ वर्षीय बाबुलाई चक्कु प्रहार गरी हत्या गरेको आरोपमा छोरालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा शान्तिनगर गाँउपालिका-३ बस्ने १९ वर्षीय गोपाल मगर रहेका छन् ।
बुधबार दिउँसो १ बजे घरायसी झै-झगडामा मगरले तरकारी काट्ने चक्कुले आफ्नै बाबुको घाँटी रेटी हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द रिजालले बताए ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4