+
+

एमाले अध्यक्ष ओली र कांग्रेस नेता रिजालबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ५ गते १७:०३

५ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालबीच भेटवार्ता भएको छ ।

अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा सत्तारुढ गठबन्धनका दलहरुबीच सहमति नजुटिरहेका बेला रिजाल विपक्षी दलका नेता ओलीलाई भेट्न बालकोट पुगेका हुन् । एमसीसी, संसद अवरोधलगायतका विषयमा छलफल गर्न रिजाल ओली निवास पुगेका हुन् ।

कांग्रेस नेता रिजालले भेटवार्ता भएको पुष्टि गरे पनि थप खुलाउन चाहेनन् ।

बिहीबार साँझ सत्तारुढ गठबन्धनमा रहेका दलहरुको छलफल बोलाइएको छ । त्यसअघि रिजालले विपक्षी दलका नेता ओलीलाई भेटेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?