+
+

संसद भवन वरपर पुलिसै पुलिस

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७८ फागुन ६ गते ११:४१

६ फागुन, काठमाडौं । एमसीसीको विरोधमा आज पनि प्रदर्शन हुने सम्भावनालाई मध्यनजर गर्दै संसद भवन वरपरका क्षेत्रमा प्रहरीको तैनाथी बढाइएको छ ।

संसद भवनको मुख्य गेट, नयाँबानेश्वर चोक, एभरेष्ट होटल लगायतका क्षेत्रमा उल्लेख्य संख्यामा प्रहरीहरु खटाइएको छ ।

नयाँबानेश्वर चोकमा प्रदर्शनकारीमाथि प्रयोग हुने पानीको फोहोरा हान्ने गाडी तैनाथ गरिएको छ । बिहान केहीबेर संसद भवन परिसर भित्रै राखिएको पानीको फोहोरा हान्ने गाडी अहिले भने बाहिर निकालिएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले संसद भवन वरपरको क्षेत्रमा उच्च सतर्कता अपनाइएको जनाएको छ । सो क्षेत्रमा प्रहरी गणबाट रिजर्भ फोर्स पनि ल्याएको प्रहरी स्रोतले बतायो ।

 

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?