+
+

केनको २ गोलमा टोटनहमले सिटीलाई हरायो, लिभरपुल अंकदूरी कम गर्दै

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ८ गते ७:५९

८ फागुन, काठमाडौं । प्रिमियर लिगमा शनिबार राति भएको खेलमा शीर्ष स्थानको म्यानचेष्टर सिटी टोटनहमसँग पराजित हुँदा दोस्रो स्थानको लिभरपुलले नर्विच सिटीमाथि पुनरागमन जित निकाल्यो ।

ह्यारी केनले इन्जुरी टाइममा गोल गरेपछि टोटनहमले सिटीलाई ३-२ ले पराजित गरेको हो ।

रियाद महारेजले इन्जुरी टाइमको दोस्रो मिनेटमा भिएआरमार्फत पाएकव पेनाल्टीमा गोल गर्दै सिटीको हार टार्ने संकेत देखाएका थिए । तर इन्जुरी टाइमको पाँचौ मिनेटमा केनले गोल गरेपछि टोटनहमले नाटकीय रुपमा जित हात पारेको हो ।

त्यसअघि कुलुसेभ्स्कीले खेलको चौथो मिनेटमै गोल गर्दै टोटनहमलाई अग्रता दिलाएका थिए । इल्के गुन्डागोनले ३३औं मिनेटमा सिटीका लागि बराबरी गोल पर्काए । ४९औं मिनेटमा केनले गोल गर्दै टोटनहमलाई २-१ को अग्रता दिलाएका थिए ।

हारपछि लिग लिडर सिटीको २६ खेलबाट ६३ अंक छ । टोटनहम भने २३ खेलबाट ३९ अंक जोडेर सातौं स्थानमा उक्लेको छ ।

सिटी हार्दा दोस्रो स्थानको लिभरपुललाई ठूलो फाइदा पुगेको छ ।

सिटीको खेलअघि नै लिभरपुलले नर्विच सिटीमाथि ३-१ को पुनरागमन जित निकालेको थियो । लिभपुलका लागि मोहमद सालाहा, साडियो माने र लुइस डियाजले दोस्रो हाफमा गोल गरे । नर्विचका लागि पहिलो हाफमा मिलोट रासिकाले गोल गर्दै अग्रता दिलाए पनि कायम राख्न सकेन ।

जितपछि लिभरपुलले २५ खेलबाट ५७ अंक जोडेको छ । शीर्ष स्थानको सिटीसँग अंकदूरी ६ मा झारेको लिभरपुलले अझै एक खेल कम खेलेको छ ।

यस्तै हाकिम चियाजले ८९औं मिनेटमा गोल गरेपछि चेल्सीले क्रिस्टल प्यालेसलाई १-० ले हरायो । चेल्सी २५ खेलबाट ५० अंकसहित तेस्रो स्थानमा छ । अर्को खेलमा आर्सनलले ब्रेन्टफोर्डलाई २-१ ले हरायो । बर्सनल २३ खेलबाट ४२ अंकसहित छैटौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?