+
+

कंगनाले आलियालाई भनिन् ‘मूभि माफिया’की छोरी

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ८ गते १५:०३

८ फागुन, काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौट आफ्ना विवादित अभिव्यक्तिका कारण चर्चामा आइरहन्छिन् । केही समयअघि दीपिका पादुकोणको चलचित्र ‘गहराइयाँ’माथि निशाना साधेकी कंगना आलिया भट्टमाथि पनि खनिएकी छन् ।

आलिया भट्टलाई उनले मूभि माफियाकी छोरी बताएकी छन् । कंगनाले इन्स्टाग्राममा एक पोस्ट गर्दै बलिउड चलचित्र उद्योग मूभि माफियाको घेराबन्दीमा रहेको उल्लेख गरेकी छन् ।

आलिया अभिनित चलचित्र ‘गंगुबाई काठियावाडी’ रिलिजको संघारमा छ । कंगनाले यो शुक्रबार २०० करोड भारु बक्स अफिसमा पानीमा मिल्ने समेत दाबी गरेकी छन् । सञ्जय लीला भन्सालीको निर्देशनमा बनेको ‘गंगुबाई काठियावाडी’ आगामी शुक्रबार रिलिज हुँदैछ । यो चलचित्रमा आलिया र अजय देवगणको मुख्य भूमिका रहेको छ ।

कंगनाले लेखेकी छन्, ‘बाबु (मूभि माफिया)की परी, जसको साथमा बेलायती पासपोर्ट छ । किनाि, बाबु यो सावित गर्न चाहन्छन् कि रम कम बिंबो अभिनय गर्न सक्छिन् । शुक्रबार आउने फिल्मको सबैभन्दा झुर कास्टिङ छ । यसमा हैरानीको कुरा छैन किनभने अब स्क्रिन हलिउड र साउथतर्फ जाँदैछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?