+
+

गोपीकृष्णका दुई हल फागुन १३ बाट सञ्चालनमा ल्याउने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ८ गते १६:२६
प्रतीकात्मक तस्वीर

८ फागुन, काठमाडौं । कोरोना महामारीका कारण बन्द भएको गोपीकृष्ण मुभिजको सातमध्ये चारवटा हल भत्काइएको छ । गोपीकृष्णको गोपी, कृष्ण, राधा र मीरा भत्काएर नयाँ भवन बनाउने गोपीकृष्ण मुभिजले तयारी गरेको छ । मुभिजका अनुसार २५ तलाको विशाल कम्प्लेक्स बनाउने तयारी गरिएको हो ।

तर कोरोना महामारीका कारण बन्द भएका गोपीकृष्णका तीन पर्दामध्ये दुई पर्दा भने शुक्रबारदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

गोपीकृष्ण मुभिजका म्यानेजर प्रदीप दाहालले अनलाइनखबरसँग भने, ‘हामीले ओम, नमः र शिवायमध्ये दुई पर्दा सञ्चालनको तयारी गरेका छौं । ओम तयार भइसकेको छ भने नमः पनि तयार हुने अवस्थामा छ । सम्भवतः फागुन १३ गतेबाट सञ्चालनमा आउँछ होला ।’

दुवै हललाई आधुनिक प्रविधिबाट सञ्चालन गर्न लागिएको उनले बताए । ‘दुवै पर्दामा १७६/१७६ क्षमताका सिट छन् । यसपटक सिट केही ठूला भएकाले पनि पहिलेको भन्दा कम सिट राख्न सकिएको हो ।’

नेपाली चलचित्रका लागि गोपीकृष्ण दर्शकको सबैभन्दा धेरै आकर्षण हुने हल मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?