+
+

दिनभरको तनावपछि खुल्यो तीनकुने-माइतीघर सडक

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ८ गते १७:४४

८ फागुन, काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा पेश गरेको विरोधमा आइतबार दिनभर तनावग्रस्त रहेको नयाँ बानेश्वर क्षेत्रको सडक साँझदेखि सञ्चालनमा आएको छ ।

संसद भवनलाई केन्द्रित गरी विभिन्न राजनीतिक दलका कार्यकर्ताले प्रदर्शन गरेपछि प्रहरीले विहान १० बजेपछि नै माइतीघरदेखि तीनकुनेसम्मको सडकमा सवारी साधन सञ्चालनमा रोक लगाएको थियो । यो सडकमा चल्ने सवारी साधनलाई प्रहरीले माइतीघर र तीनकुनेबाट अर्कै सडकतर्फ पठाउने गरेको थियो ।

प्रदर्शनकारी घट्दै गएपछि साँझ ५ बजेदेखि यो सडकमा पुन: गाडी चल्न थालेका छन् । दिनभर प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा बानेश्वरदेखि विजुलीबजारसम्मको सडकमा इँट्टा ढुंगा  थुप्रिएका थिए ।

हेर्नुहोस् तस्वीरहरु

तस्वीरहरु : चन्द्रबहादुर आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?