+
+

बलात्कारको आरोपमा भरतपुर महानगरका सब-इन्जिनियर पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ८ गते १८:५५

८, फागुन, चितवन । बालिका बलात्कारको आरोपमा प्रहरीले भरतपुर महानगरपालिकाका सब-इन्जिनियर जीवन पौडेललाई पक्राउ गरेको छ ।

६ वर्षकी बालिका बलात्कार गरेको आरोपमा प्रहरीले भरतपुर- २ आँपटारीका ३६ वर्षका पौडेललाई पक्राउ गरेको हो । उनीमाथि अनुसन्धानका लागि हिरासतमा राख्न जिल्ला अदालत चितवनबाट अनुमति लिएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी नरहरि अधिकारीले जानकारी दिए ।

पौडेल भरतपुर महानगरको वडा नम्बर २९ कार्यालयका सब-इन्जिनियर हुन् । बालिकाकी आमाले पौडेलले पटक-पटक बलात्कार गरेको र घटनाका बारेमा नभन्न दबाब दिएको भन्दै प्रहरीमा उजुरी गरेकी थिइन् । बालिकाको भरतपुर अस्पतालमा स्वास्थ्य परीक्षण गरी पुर्नस्थापना केन्द्रमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?