+
+

विश्वकप छनोट : सेमिफाइनलमा नेपाल आज यूएईसँग खेल्दै

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १० गते ६:५८

१० फागुन, काठमाडौं । आईसीसी टी-२० विश्वकप ग्लोवल क्वालिफायरको सेमिफाइनल खेलमा आज नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई)सँग खेल्दै छ ।

अन्तिम खेलमा क्यानडालाई ८ विकेटले पराजित गरेको नेपाल समूह बीको विजेता हुँदै सेमिफाइनल प्रवेश गरेको हो भने यूएई समूह एको उपविजेता हुँदै सेमिफाइनल प्रवेश गरेको हो ।

दोस्रो सेमिफाइनल खेल पनि आजै हुँदैछ । अर्को खेल ओमान र आयरल्याण्डबीच हुनेछ ।आयरल्याण्ड समूह एको विजेता हो भने ओमान समूह बीको उपविजेता हो ।

दुवै सेमिफाइनल खेल आज अपराह्न पौने चार बजे ओमानको अल अमेरात रंगशालामा एकै समयमा हुनेछन् ।

यूएईलाई हराए नेपालले विश्वकप खेल्नेछ । आजको खेल जित्ने दुई देश फाइनल प्रवेश गर्नेछन् । फाइनल खुल्ने दुवै टिम विश्वकपका लागि छनोट हुने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?