+
+

‘सरकारको आधिकारिक सूचना पाएका छैनौं’

नेपाली दूतावासले यहाँका विद्यार्थीको तथ्यांक संकलन गरेको भन्ने सुनेका छौं । समाचार अनुसार त्यसो थाहा पायौं । तर इण्डियाको जस्तै नोटिस हामीले अझैसम्म पाएका छैनौं ।

ज्योती कार्की, युक्रेनमा बस्ने नेपाली विद्यार्थी ज्योती कार्की, युक्रेनमा बस्ने नेपाली विद्यार्थी
२०७८ फागुन १२ गते ८:५१

मेरो नाम ज्योती कार्की हो । गोकुलगंगा–४ बेताली रामेछाप घर हो । म युक्रेन आएको एक वर्ष भयो । यहाँ अध्ययन गर्दैछु ।

म किबमा बसेकी छु । यो यहाँको राजधानी हो । यहाँ १०० जनाभन्दा धेरै विद्यार्थी छन् । त्यसपछि खार्किभमा पनि विद्यार्थी छन् होला । ओडेसामा पनि छन् । श्रम गर्नेहरु किबमा छन् ।

तीन सहरमा गरेर ४०० जति नेपाली (आधिकारिक प्रमाणपत्र भएका र नभएका) भएको अनुमान छ । ५० प्रतिशत प्रमाणपत्र भएका मान्छे छन् । फेक एनओसी भएकाहरूको तथ्यांक नै छैन । भारतबाट सेटिङ मिलाएर आउने विद्यार्थी ठगिएका छन् । रकम तिरेर पनि अवैधानिक हुनुपर्ने अवस्था छ । विद्यार्थी भिसा भनेर आउने र श्रममा लगाउने गरिएको छ ।

हामी बसेको ठाउँमा धेरै गाह्रो छैन । तर डरलाग्दा समाचारले तनाव भएको छ । समाचार परिवर्तन भैरहँदा डर लागेको छ । तर के गर्ने भनेर डिसिजन गरिएको छैन । हामी नेपालमै फर्किन सहज भए आउने भन्ने सोचेका छौं ।

नेपाली दूतावासले यहाँका विद्यार्थीको तथ्यांक संकलन गरेको भन्ने सुनेका छौं । समाचार अनुसार त्यसो थाहा पायौं । तर इण्डियाको जस्तै नोटिस हामीले अझैसम्म पाएका छैनौं ।

ग्रुप अफ युक्रेन भन्ने सामाजिक सन्जालको एउटा समूह छ । त्यसमा हामी प्राय सबै विद्यार्थी छौं । हामी एकअर्काको सम्पर्कमा छौं । साथीहरूको कुनै डिसिजन नभए पनि म भने केही दिनको अवस्था हेरेर घर फर्किने सोचमा छु ।

हामी कलेजबाट टाढा छौं । अनलाइनमा पढिरहेका छौं । यहाँको अवस्थाबारे हामी त अपडेट छौं । म्यामलाई कुरा राख्दा, अब के हुन्छ भनेर सोध्दा हामीलाई सोध्ने होइन तिमीहरूले माथि इन्टरनेशनल डिपार्टमेन्टमा सोध भन्नुहुन्छ । हामीले कलेजको इमेल आईडी मागेका छौं । उहाँले उपलब्ध गराउने बताउनुभएको छ । तर हालसम्म उपलब्ध गराउनु भएको छैन ।

तर, भारतबाट त्यहाँका विद्यार्थीलाई फर्क भनेर सूचना आइसकेको हुँदा उहाँहरूले सिधैं नोटिस कलेजमा पठाउनु भएको छ । तर नेपाल सरकारको सूचना मैले भेटेकी छैन । त्यसैले मैले कलेजमा राम्रोसँग कुरा राख्न पनि पाएकी छैन ।

नेपाली दूतावासले यहाँका विद्यार्थीको तथ्यांक संकलन गरेको भन्ने सुनेका छौं । समाचार अनुसार त्यसो थाहा पायौं । तर इण्डियाको जस्तै नोटिस हामीले अझैसम्म पाएका छैनौं । सरकारको आधिकारिक सूचना पाएको भए कलेजमा कुरा गर्न सजिलो हुन्थ्यो । किनकि हामी त आधिकारिक स्टुडेन्ट हौं । हामीले यस्तो नोटिसले कन्ट्रीबाट भनेर निवेदन हाल्न सक्थ्यौं ।

हामीले धेरै फी बुझाएका छौं, त्यसैले कलेजले पनि हामीलाई त्यत्तिकै छोडिदिने कुरा हुँदैन । त्यही भएर सरकारको आधिकारिक सूचना बेलैमा प्रदान गरिदिएदेखि सहज हुन्थ्यो ।

अर्को कुरा फेक एनओसी बन्द गर्नुपर्छ । बन्द गरेर मात्र हुँदैन । सेटिङमा काम गर्नेहरूलाई कारबाही पनि गर्नुपर्छ । नेपालमा रकम बुझाएर जाने तर पेमेन्ट नहुने समस्या छ । भिसा तीन महिनाको लागिमात्रै हुन्छ । उनीहरु फेक डकुमेन्ट बनाएर सेन्जेन पुग्ने र सिमाना क्रस गर्ने क्रममा समातिने गर्छन् । कतिपय सिमाना नजिक पुगेका छन् । उनीहरू त्यहाँबाट पोल्याण्ड भाग्न तयार भएर बसेका छन् ।

(युक्रेनको राजधानी किबमा बस्दै आएकी कार्कीसँग अनलाइनखबरकर्मी बसन्त रानाभाटले गरेको कुराकानीमा आधारित।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?