+
+

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी तारकेश्वरबाट पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १२ गते १२:१५

१२ फागुन, काठमाडौं । बैंकिङ कसूर मुद्दामा एकजना फरार प्रतिवादीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो (सीआईबी)ले पक्राउ गरेको छ ।

काठमाडौंको तारकेश्वर नगरपालिका-२ बस्‍ने ३८ विश्वनाथ अधिकारीलाई बिहीबार सीआईबीको टोलीले पक्राउ गरेको हो ।

उनलाई उच्च अदालत पाटनले २०७८ साल कात्तिक २० गते बैंकिङ कसूरमा दोषी ठहर गर्दै १० दिन कैद सजाय र ६२ लाख ८ हजार रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो ।

अधिकारीले न्‍यूरोडस्थित नेपाल बैंकको खातामा पर्याप्त रकम नभएको जानी-जानी चेक काटेर पीडितलाई झुक्याएको उजुरी परेपछि मुद्दा चलाइएको थियो ।

तारकेश्वरमा लुकिछपी बसिरहेको अवस्थामा अधिकारीलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालतमा पेश गरिएको सीआईबीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?