+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

काठमाडौंमा दा मिलानो इटालिया ब्राण्डका सामान : कति छ मूल्य ?

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १३ गते १९:३०

१३ फागुन, काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित क्यापिटल मलको पहिलो तलामा रहेको दा मिलानो इटालिया एउटा इटालियन फेसन ब्राण्ड हो । सन् १९८९ मा स्थापना भएको यो ब्राण्डले पहिलो पटक भारतको कन्नौडमा स्टोर स्थापना गरेको थियो । अहिले विश्वभर विभिन्न मुलुकमा गरी ८० भन्दा धेरै शाखा स्थापना भइसकेको सो ब्राण्डले नेपालमा दोस्रो शाखा बिस्तारको लागि तयारी गरिरहेको छ ।

स्टोरका सञ्चालक रुपेश पाण्डे निकट भविष्यमै पोखरामा नेपालको दोस्रो शाखा खोल्ने तयारी भइरहेको बताउँछन् । ‘कोरोनाको थप असर परेन भने वैशाखपछि स्टोरको नयाँ शाखा खोल्ने तयारी गरिरहेका छौं,’ उनी भन्छन्, ‘पहिले नै शाखा खोल्ने तयारी थियो तर कोरोनाले केही समय रोक्यो ।’ सो ब्राण्डको अहिले नेपालमा एउटा सहित भारतमा ७५, दुबईमा ५ र बहराइनमा एउटा स्टोर खुलिसकेको छ ।

इटालियन कम्पनी दामिलानोसँगै रोसो ब्रुनेल्लो नामको अर्काे ब्राण्ड पनि छ । रोसो ब्रुनेल्लोले विभिन्न ब्राण्डका जुत्ताहरु बिक्री गर्छ भने बाँकी सबै लेदर प्रोडक्ट दामिलानो ब्राण्ड अन्तर्गत बिक्री हुन्छ । यी सबै उत्पादनहरु शुद्ध इटालियन क्राफ्ट ल्यादरबाट बन्ने गरेको स्टोरका म्याजेनर माजिद मुनिर बताउँछन् । उनी भन्छन्, ‘हामीसँग जतिपनि ब्राण्डहरु छन्, जुत्ताबाहेक ती सबैमा लाइफटाइम सर्भिस वारेन्टी दिने गरिएको छ । अर्थात्, सामानमा जति पनि ड्यामेजहरु हुन्छन् । ती सबै निःशुल्क मर्मत गरिन्छ । जुत्तामा ६ महिनाको वारेन्टी छ ।’

स्टोरका म्याजेनर माजिद मुनिर

अहिले स्टोरले आफ्ना नियमित ग्राहकहरुलाई विभिन्न छुट प्याकेज दिने गरेको छ । कम्पनीको सदस्यता लिएकाहरुलाई जन्मदिन तथा एनिभर्सरीमा विभिन्न छुट योजना ल्याउने गरेको छ । अहिलेसम्म स्टोरमा २५०० भन्दा धेरैले सदस्यता लिएको मुनिर दाबी गर्छन् । ‘२५ हजारभन्दा धेरैको सामान खरिद गर्नेले चाहेको खण्डमा सदस्यता पाउँछन् ।’ स्टोरकी एसिस्टेन्ट स्टोर म्यानेजर ग्रेसा खड्का भन्छिन्, ‘एकपटक सदस्यता लिएपछि त्यसलाई नवीकरण गरिरहनु पर्दैन । सदस्यहरुका लागि हरेक सामानमा १० प्रतिशत छुट र जन्मदिन तथा एनिभर्सरीमा २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।’

यो ब्राण्डको नेपालमा सुरुवात सन् २०१५ को डिसेम्बरदेखि भएको हो । इटालिया ब्राण्डको जति पनि सामान छन् । ती सबै दरबारमार्गस्थित स्टोरमा उपलब्ध रहेको मुनिर बताउँछन् । अहिले कम्पनीले ३५ वटाभन्दा धेरै ब्राण्ड बजारमा उपलब्ध छन् । जसमा ब्याग, पर्स, लेडिज हेण्ड ब्याग, कम्प्युटर ब्याग, मनी क्लिपर, कार्ड होल्डर, जस्ता सामग्रीहरु पर्छन् ।

बाहिरभन्दा के छ फरक ?

मुनिर कम्पनीको पहिचान नै गुणस्तरीय सामग्रीसँग जोडिएको बताउँछन् । ‘हाम्रा सामग्रीहरु बजारमा पाइने अरु फेसनभन्दा विशेष छन्,’ मुनिर भन्छन्, ‘अरुले लेदरमा बनाउन नसकेका सामग्रीलाई पनि हामीले बनाएका छौं । जस्तो मोबाइल कलर सामान्यतया बजारमा लेदरमा कमै पाइन्छ । पेन फोल्टर, नोटप्याड, सर्भिङ ट्रे जस्ता सबै सामग्रीहरु ल्यादरमा उपलब्ध छ ।’

कुन सामानलाई कति पर्छ ?

मुनिरका अनुसार दा मिलानो इटालिया प्रालि अन्तर्गत बिक्री हुने सबै सामानको विश्वभर एउटै मूल्य तोकिएको हुन्छ । उनका अनुसार अहिले जुत्ताहरु १८ हजारदेखि ३२ हजार रुपैयाँसम्म पर्ने खालका छन् । त्यस्तै ब्यागहरु १५ हजार रुपैयाँदेखि ६० हजार रुपैयाँसम्म पर्ने खालका छन् भने लगेजलाई ४० हजारदेखि ८० हजार रुपैयाँसम्म पर्ने गर्छ ।

त्यस्तै पेटी र पर्स ४ हजारदेखि ९ हजार रुपैयाँसम्मको पाइन्छ । यो ब्राण्ड अरुभन्दा केमा फरक छ ? मुनिर भन्छन्, ‘बजारमा अरु ब्राण्डले बढीमा १० वर्षभन्दा धेरै वारेन्टी दिंदैनन् । हामी लाइफटाइम वारेन्टी दिन्छौं । यो हाम्रो विशेषता हो । अर्को भनेको यसमा रहेको गुणस्तरको कुरा हो । हामी जेन्युन लेदर मात्रै बेच्छौं । अरुको कुरा त गर्दिन तर हाम्रो २०-२५ हजारको एउटा ब्याग किन्ने हो भने वर्षौंसम्म केही पनि हुँदैन ।’

उनी धेरै वर्षसम्म केही नहुने भएकाले मर्मत गर्न आउनेलाई बिल नमागी निःशुल्क मर्मत गरेर पठाइदिने गरेको बताउँछन् ।

तस्वीर/भिडियो : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?