+
+

एमसीसीले प्रचण्ड र माधवको अवसरवाद उदाङ्गियो : प्रदीप ज्ञवाली

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १६ गते १०:२२

१६ फागुन, धनगढी । पूर्वपरराष्ट्र्र मन्त्री तथा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अमेरिकी सहयोग परियोजना एमसीसीले प्रचण्ड र माधव नेपालको अवसरवाद उदाङ्गो पारेको बताएका छन् ।

प्रेस चौतारी नेपाल, कैलालीले सोमबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपमहासचिव ज्ञवालीले प्रचण्ड र नेपाल सत्ताका लागि जुुनसुुकै हदसम्म जान तयार रहेको कुरा एमसीसीले पुष्टि गरिदिएको बताए ।

‘उहाँहरू (प्रचण्ड र नेपाल) एमसीसी ठीक छ त्यसैले स्वीकार गर्‍यौं भन्न सक्नुुहुुन्न । कांग्रेसले एमालेसँग मिलेर सभामुुख हटाउने र एमालेले कारबाही गरेका १४ सांसदलाई पदच्युुत गर्ने भएकाले समर्थन गरेको भन्नुुहुुन्छ’ ज्ञवालीले भने, ‘दुवै नेताकै कारण आज एमसीसीमा अमेरिका र चीन आमनेसामने हुने अवस्था पनि सिर्जना भयो । यो हाम्रा लागि दुुर्भाग्यपूर्ण छ ।’

उनले नेताहरूले आम नागरिकमा भएको देशप्रतिको भावनाको समेत अवमूल्यन गरेको बताए ।

अहिलेको सरकारले बाहृय शक्तिहरूमा समेत ठूलो असन्तुुलन ल्याएको बताउँदै एमालेले अगामी चुुनावबाट अवसरवादी गठबन्धनलाई परास्त गरेर सबै हिसाबकिताब चुुक्ता गर्ने दाबी समेत ज्ञवालीले गरेका छन् ।

एमालेकै दबाबका कारण सरकार स्थानीय तहको चुुनावको मिति घोषणा गर्न बाध्य भएको उल्लेख गर्दै उनले सबैलाई चुुनावमा तयारी लाग्न आहृवान पनि गरेका छन् ।

पत्रकारहरूले एमालेको अवरोधका बीच पनि सांसद भीम रावलले एमसीसीको छलफलमा भाग लिएको विषयमा पार्टीले के गर्छ ? भनेर राखिएको जिज्ञाशामा उनले पार्टीको निर्णय र नीति विपरीत गरिएका कामको गम्भीर समीक्षा गरेर आवश्यक निर्णय लिइने बताए ।

एमालेले आयोजना गरेको स्थानीय तह निर्वाचन केन्द्रित सुदूरपश्चिम प्रदेशस्तरीय प्रशिक्षण तथा अभिमुुखीकरण कार्यक्रममा सहभागी हुन धनगढी पुुगेका ज्ञवाली सोमबार काठमाडौं फकिर्ंदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?