+
+

डलरको तुलनामा रुसी मुद्रा हालसम्मकै कमजोर

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १६ गते ११:५७

१६ फागुन, काठमाडौं । अमेरिकी डलरको तुलनामा रुसी मुद्रा रुबल हालसम्मकै कमजोर देखिएको छ ।

पश्चिमी मुलुकले युक्रेनमा हमला गरेपछि रुसमाथि प्रतिबन्ध लगाएर दण्डित गर्न र एक्लाउन थालेपछि अमेरिकी डलरको तुलनामा रुबल झण्डै ३० प्रतिशतले कमजोर देखिएको हो । जुन हालसम्मकै उच्च हो । हाल रुबलको भाउ प्रति डलर ११९ पुगेको छ ।

रुसका केही बैंकलाई स्विफ्ट भुक्तानी प्रणालीबाट हटाइएपछि रुबल हालसम्मकै कमजोर देखिएको बीबीसीले जनाएको छ । रुस आफ्नो तेल एवं ग्यास निर्यातका लागि उक्त भुक्तानी प्रणालीमा निकै निर्भर हुँदै आएको छ ।

युक्रेन युद्धको त्रासबीच कच्चा तेलको मूल्य समेत वृद्धि भएको छ । ब्रेन्ट नामक कच्चा तेलको मूल्य बढेर प्रतिब्यारेल सय डलरभन्दा माथि पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?