
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले भक्तपुरको लोकन्थलीस्थित मनोरम बालबालिका बाटिकामा पार्क निर्माणका लागि मनोरम नगर समाजलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
सामाजिक उत्तरदायित्व अन्तर्गत मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीस्थित मनोरम बालबालिका बाटिकामा पार्क निर्माणका लागि एक लाख रुपैयाँको चेक हस्तानतरण गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
चेक हस्तान्तरण कार्यक्रममा बैंकका मार्केटिङ प्रमुख बसन्त बक्सी, काठमाडौं उप—क्षेत्रीय प्रमुख ज्योतिप्रकाश अर्याल, लोकन्थली शाखाका प्रबन्दक सुरज गौतम, मनोरम नगर समाजका अध्यक्ष विश्ववन्धु गौतम लगायतको उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4