
१६ फागुन, काठमाडाैं । प्रहरीले छुट्टाछुट्टै स्थानबाट वन्यजन्तुको आखेटोपहारसहित दुईजनालाई पक्राउ गरेको छ ।
संखुवासभाको चैनपुर नगरपालिका-७ फलाटेका ३५ वर्षीय दिलबहादुर श्रेष्ठलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनको साथबाट एक थान भरुवा बन्दुक र मृत मृग बरामद गरेको छ । अस्थायी प्रहरी पोष्ट पिलुवा खोलाबाट खटिएको प्रहरीले दिलबहादुरलाई मृग मारी घरतर्फ लैजान लागेको पक्राउ गरेको हाे ।
त्यस्तै, हुम्लाको ताजाकोट गाउँपालिका-३ छप्रेला बजारबाट चितुवाको एक थान छाला र हड्डीहरू सहित एक जनालाई पक्राउ गरेको छ । सोही गाउँपालिका-४ उत्तिसैनी बस्ने ३७ वर्षीय सुनिल सार्कीलाई प्रहरी चौकी छप्रेला ताजाबाट खटिएको टोलीले उक्त छाला र हड्डीसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4