
१७ फागुन, रासस । दक्षिण सुडानमा विभिन्न समूहका बीचमा भएको भिडन्तका क्रममा ४४० आम नागरिकको मृत्यु भएको छ । गत वर्षको जुन र सेप्टेम्बरको बीच उनीहरूको मृत्यु भएको संयुक्त राष्ट्रसंघले मङ्गलबार जनाएको छ ।
भिडन्तका क्रममा धेरै मानवअधिकार उलंघन भएको पनि राष्ट्रसंघीय अधिकारीहरूले जानकारी दिएका छन् । सुडानमा भएको हिंसात्मक घटनाका बारेमा सुडानमा खटिएको राष्ट्रसंघीय मिसन युएनमिस र राष्ट्रसंघीय मानवअधिकार कार्यालयले संयुक्त रुपमा तयार पारेको प्रतिवेदन अहिले सार्वजनिक गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4