+
+

शाहिदले पारिश्रमिक बढाएर ३८ करोड पुर्‍याए

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १७ गते १६:२५
बलिउड अभिनेता शाहिद कपूर । फाइल तस्वीर

१७ फागुन, काठमाडौं । बलिउड अभिनेता शाहिद कपूरले चलचित्र ‘कबीर सिंह’ हिट भएपछि आफ्नो पारिश्रमिक उच्च मात्रामा बढाएका छन् ।

शाहिदले अभिनय गरेको चलचित्र ‘जर्सी’ अप्रिल १४ मा देशभरका हलमा रिलिज हुँदैछ । यो चलचित्रका लागि शाहिदले ३१ करोड पारिश्रमिक लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

शाहिदले अब अर्को एक नयाँ चलचित्रका लागि महंगो पारिश्रमिक लिएको खबर छ । शाहिद चाँडै नै निर्देशक अली अब्बास जफरको नयाँ चलचित्रमा काम गर्दैछन् । एक्सन जनरामा निर्माण हुने यो चलचित्रका लागि शाहिदले ३८ करोड पारिश्रमिक लिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

यो ‘जर्सी’मा उनले लिएको भन्दा २५ प्रतिशत बढी रकम हो । बलिउडमा चलचित्र हिट हुँदै गएपछि कलाकारले पारिश्रमिक बढाउने गर्दछन् । चलचित्र निरन्तर फ्लप भएपछि उनीहरुले पारिश्रमिक घटाएको पनि खबर सार्वजनिक हुने गर्दछ ।

शाहिदले छत्रपति शिवाजी महाराजको बायोपिकमा पनि काम गर्न लागेको खबर सार्वजनिक भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?