+
+

सुनको मूल्य तोलामा एक लाख नजिक, एकै दिन १९ सय वृद्धि

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १८ गते १२:००

१८ फागुन, काठमाडौं । सुनको मूल्य यो वर्षकै उच्च विन्दुमा पुगेको छ । मंगलबारको तुलनामा आज तोलामा एकै दिन १९ सय रुपैयाँले बढेर सुनको मूल्य यो वर्षकै उच्च विन्दूमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावल सुनको मूल्य तोलामा ९९ हजार ५ सय रुपैयाँ तोकिको छ । जुन २०७७ साल भदौं ३ पछिकै उच्च विन्दु हो । त्यसदिन छापावल सुनको मूल्य एक लाख चार सय रुपैयाँमा खरिद बिक्री भएको थियो । आज यस्तै तेजावी सुनको मूल्य ९९ हजार रुपैयाँ कायम हुँदा चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेको छ ।

आज चाँदीको प्रतितोला कारोबार मूल्य १३ सय ७५ रुपैयाँ तोकिएको छ । अन्तर्राष्ट्रिय बजारमा भएको वृद्धि नै मूल्य बढ्नुको प्रमुख कारण भएको नेपाल सुन चाँदी व्यवसायी महासंघको भनाइ छ । यसअघि गत वर्ष साउन २३ गते सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । सो दिन नेपाली बजारमा छापावल सुनको खरिद बिक्री मूल्य एक लाख तीन हजार रुपैयाँ तोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?