+
+

व्याख्यात्मक घोषणामा अमेरिकाले भन्दै आएको विषय छ : राजदूत बेरी

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १८ गते १९:४४

१८ फागुन, काठमाडौं । अमेरिकी राजदूत र्‍याण्डी बेरीले प्रतिनिधिसभाबाट अनुमोदन भएको एमसीसीको व्याख्यात्मक घोषणा अमेरिकाले भन्दै आएको विषय भएको बताएका छन् ।

नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले बुधबार गृहमन्त्री बालकृष्ण खाँणसँगको भेटमा व्याख्यात्मक घोषणामा असहमति नरहेको बताएका मन्त्री खाँणको सचिवालयले जनाएको छ ।

‘एमसीसीबारे सरकार र प्रतिनिधिसभाको व्याख्यात्मक घोषणा हामीले पहिल्यैदेखि भन्दै आएको विषय हो’ भेटमा राजदूत बेरीले राखेको धारणा उधृत गर्दै गृहमन्त्रीको सचिवालयले भनेको छ ।

१५ फागुनमा प्रतिनिधिसभाले एमसीसी सम्झौता १२ बुँदे व्याख्यात्मक घोषणासहित अनुमोदन गरेको थियो । तर कतिपय दल र तिनका नेताहरुले व्याख्यात्मक घोषणालाई अमेरिकाले स्वीकार नगर्ने टिप्पणी गरेका थिए ।

मन्त्री खाँणसँगको भेटमा अमेरिकी राजदूत बेरीले प्रधानमन्त्री, नेपाल सरकार र राजनीतिक दलको स्पष्ट भूमिकाले एमसीसी पास हुन सकेको बताएका थिए ।

गृहमन्त्री खाणले प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पास गराउन प्रतिपक्षमा हुँदा र अहिले सरकारमा हुँदा पनि दृढ रहेको बताए ।

‘एमसीसीको विषयले वर्तमान सरकारलाई असर नगरोस् भन्नेमा प्रधानमन्त्री चिन्तित हुनुहुन्थ्यो । जुन सफल भयो’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?