+
+

नेपाली फिल्म क्षेत्रमा सबैसँग काम गर्ने हिरोको अभाव भएकै हो ?

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १९ गते ११:४९

१९ फागुन, काठमाडौं । ‘नेपाली फिल्मका हिरोहरुसँग काम गर्न सहज छैन । सबै जना कोही न कोही ब्यानर, व्यक्तिसँग जोडिएका छन् । सबैसँग काम गर्ने कलाकारको अभाव छ,’ एक निर्माताले अनलाइनखबरसँगको कुराकानीमा भने ।

नेपाली चलचित्रमा यसैपनि नायकको अभाव छ । तीमध्ये धेरै नायकहरु कुनै न कुनै व्यक्ति र ब्यानरसँग जोडिएका छन् ।

नेपाली फिल्मका चर्चित अभिनेता अनमोल केसीसँग काम गर्न हतपत मेकरले सक्दैनन् । महंगो पारिश्रमिक लिने अनमोललाई साइन गराउन उनीहरुका लागि फलामको चिउरा चपाएजस्तै हुन्छ भनिन्छ ।

अनमोल होम प्रोडक्सनका फिल्ममा बढी केन्द्रित हुन्छन् । अनमोललाई मनाउन पहिले उनका बुबा भुवन केसीलाई नै मनाउनुपर्ने चर्चा पनि मेकरले गर्ने गर्दछन् । अर्का अभिनेता प्रदीप खड्का निर्माता सन्तोष सेनसँग नजिक मानिन्छन् । प्रदीपलाई पनि चलचित्रमा काम गराउन अरु निर्माता-निर्देशकलाई सजिलो छैन । रिजर्भ बसेर काम गर्ने प्रदीप हरेक मेकरसँग सहजै काम गर्दैनन् ।

पछिल्लो समय अभिनेता धीरज मगरको क्रेज पनि राम्रो छ । उनी निर्देशक रेनशा वान्तवा राईसँग नजिक मानिन्छन् । रेनशालाई नसोधी अन्य ब्यानरमा काम गर्न हतपत धीरजले नमान्ने फिल्मकर्मीहरु बताउँछन् । यस्तै अर्का अभिनेता सलिनमान बनियाँ चलचित्र क्षेत्रमा उदाएका थिए । ‘ए मेरो हजुर २’ र ‘यात्रा’बाट उदाएका उनी यसपछि भने चलचित्रमा भन्दा प्रेम जीवनमा नै बढी मस्त छन् । सलिनमानलाई चलचित्रमा साइन गराउन पनि निर्माताका लागि लामै पापड पेल्नुपर्ने हुन्छ ।

अभिनेता पुष्प खड्काले भने हरेक निर्माता-निर्देशकसँग सहजै काम गरेको देख्न सकिन्छ । पुष्पको चलचित्रको लाइनअप हेर्दा पनि यो कुरा पुष्टि हुन्छ । तर पुष्प जस्तै सहजै काम गर्ने नायकहरु नेपाली फिल्म क्षेत्रमा निक्कै कम छन् ।

अभिनेताहरु दयाहाङ राई, विपिन कार्की लगायतका कलाकारहरु पनि फिल्ममा लगातार काम गरिरहेका छन् । तर उनीहरुलाई फिल्ममा खेलाउन मेकरले उनीहरु सुहाउँदो भूमिका लेख्नुपर्छ ।

नेपालमा बर्सेनि सयभन्दा बढी फिल्म बन्ने गरेका छन् । तर फिल्ममा अभिनय गर्ने कलाकारको चरम अभाव हुँदा निर्माता-निर्देशकका लागि कि कुनै कलाकारलाई लामो समय कुर्नुपर्ने बाध्यता छ कि त औसत चलेका कलाकारसँग काम गर्नुपर्ने अवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?