+
+

कैलालीमा भन्सार छलेर ल्याएको सामान बरामद

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १९ गते १५:१८

१९ फागुन, धनगढी । कैलालीमा सशस्त्र प्रहरी बलले भन्सार छलेर अटो रिक्सामा ल्याउँदै गरेको पाँच लाख ९८ हजार रूपैयाँको सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण हेडक्वार्टर कैलालीबाट खटिएको गस्ती टोलीले जिल्लाको धनगढी उपमहानगरपालिका- १५ कनरीस्थित जंगल क्षेत्रबाट सो सामान बरामद गरेको छ ।

भारतबाट भन्सार छली ल्याएर बेवारिसे अवस्थामा छाडिएको नम्बर नखुलेको अन टेष्ट अटो रिक्सामा रहेको चिनी र भुजा बरामद गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ । ती सामान सशस्त्र प्रहरी बलले कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?