
२० फागुन, काठमाडौं । नेपाल सुपर लिगको अक्सनमा नवयुग श्रेष्ठमाथि कुनै पनि टोलीले बोली लगाएन ।
चैत अन्तिम सातादेखि सुरु हुने सुपर लिगका लागि शुक्रबार अक्सन भइरहेको छ । तर खेलमा फर्किने तयारीमा रहेका श्रेष्ठमाथि कुनै पनि टोलीले बोली लगाएन । मिनिस्कसको इजुरीपछि शल्यक्रिया गरेका उनले ए डिभिजन लिग गुमाएका थिए ।
यसपाली अक्सनमा एउटा व्यवस्था रहेको छ । सहभागी सबै टोलीले क्याटागोरी ए खेलाडीका लागि गोल्डेन बजरमार्फत अधिकतम मूल्यमा एकैपल्ट लिन पाइने रहेको छ । एउटा टिमले एउटामात्र ए क्याटागोरी खेलाडी गोल्डेन बजरबाट लिन पाउने रहेछ ।
नवयुगका लागि कसैले पनि गोल्डेन बजर थिचेनन् । त्यसपछि उनको न्यूनतम मूल्य १५० हजारमा सबै टिमका लागि विकल्प अवसर दिइएको थियो । त्यसमा कसैले पनि चासो दिएनन् ।
विक्रम लामा, अजित प्रजापति, रामचन्द्र वाजी र नितिन थापामाथि पनि कुनै पनि टोलीले बोली लगाएनन् ।
प्रतिक्रिया 4