+
+

५ किलो गाँजासहित २ भारतीय पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २२ गते १२:४३

२२ फागुन, वीरगञ्ज । सशस्त्र प्रहरीले ५ किलो लागुऔषध गाजासहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

भारत बिहार राज्य, पश्चिम चम्पारण जिल्ला, सोनखर पञ्चायत-१३ रामनगर बस्ने २९ वर्षीय संदिप पटेल २५ वर्षीय प्रेम पटेल पक्राउ परेका हुन् । सशस्त्र प्रहरीले उनीहरुको साथबाट ४ हजार ५ सय भारतीय रुपैयाँ र १ थान मोबाईलसमेत बरामद गरेको छ ।

ठोरी गाउँपालिका– ३ सिकारीबासबाट राति साढे ८ बजे उनलाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ । नेपाल भारत सीमा क्षेत्रमा बोर्डर आउट पोष्ट ब्रम्हानगरबाट सशस्त्र प्रहरी नायब निरीक्षक खिलेन्द्र बहादुर बस्नेतको टोलीले उनलाई पक्राउ गरेको थियो ।

द्यच् ण्ट ग् छडठघ नम्बरको भारतीय मोटरसाईकलमा नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरुले बोकेको झोलाबाट ५ किलो प्रतिबन्धित लागुऔषध (गाँजा) फेला परेको सशस्त्र प्रहरी बल १३ नं हेड क्वाटर पर्साक प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोष बस्नेतले जानकारी दिए ।

लागु औषध (गाजा), मोटरसाईकल र पक्राउ परेका दुवैजना भारतीय नागरिकलाई आवश्यक कारबाहिको लागी ईलाका प्रहरी कार्यालय ठोरीमा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?