+
+

धरानमा मृत भेटिएकी महिला हत्याको आरोपमा युवक पक्राउ

हरि अधिकारी हरि अधिकारी
२०७८ फागुन २२ गते १८:५४

२२ फागुन, विराटनगर । धरान उपमहानगरपालिका-१८ को एक होटलमा मृत भेटिएकी महिलाको हत्या आरोपमा एक युवक पक्राउ परेका छन् ।

पाँचथर घर भई इटहरी उपमहानगरपालिका– ५ बस्दै आएकी ३८ वर्षीय सुमित्रा तामाङ गत मंगलबार न्यू कान्तिपुर होटल एण्ड लजमा मृत अवस्थामा भेटिएकी थिइन् ।

उनको हत्या आरोपमा प्रहरीले धनकुटा पाख्रिबास नगरपालिका–६ का २४ वर्षीय जीवन मगर भनिने विनेश राना मगरलाई पक्राउ गरेको हो । प्रहरीले उनलाई धनकुटाको पाख्रिबास नगरपालिका–११ बाट पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाका मृतक महिलाका श्रीमान वैदेशिक रोजगारीका लागि ब्रुनाइमा छन् ।

हत्या आरोपमा पक्राउ परेका जीवन तीन महिनाअघि स्काभेटरमा काम गर्न भोजपुर पुगेका थिए । भोजपुर जानुअघि उनी इटहरीमा सिटी सफारी चलाउथे । सिटी सफारी चलाउने क्रममा मृतक सुमित्रासँग उनको चिनजान भएको प्रहरीको भनाइ छ ।

फागुन १५ गते धरान उपमहानगरपालिका– १८ बुद्धचोकस्थित न्यू कान्तिपुर होटल एण्ड लजमा भेटेका उनीहरुबीच विवाद भएपछि युवकले राति नै हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी थापाले बताए ।

युवकविरुद्ध कर्तब्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको एसपी थापाले जानकारी दिए ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?