+
+

खैरो हिरोइनसहित दुईजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २२ गते १९:३२

२२ फागुन, हेटौंडा । प्रहरीले लागूऔषध खैरो हिरोइनसहित दुईजनालाई फक्राउ गरेको छ । पूर्वपश्चिम लोकमार्ग हुँदै थपलैयाबाट हेटौंडातर्फ आउँदै गरेको बा ९९ प ३०४१ नम्बरको मोटरसाइकल हेटौंडा १५ रातोमाटेमा जाँच गर्ने क्रममा ७ ग्राम ६०० मिलीग्राम खैरो हिरोइनसहित दुईजना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा हेटौंडा-१० बस्ने डिल्ले लामा र हेटौंडा ४ का २६ वर्षीय अजय घले रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका मध्य लामा चालक र घले मोटरसाइकलको पछिल्लो भागमा बसेर यात्रामा थिए ।

पक्राउ परेका दुवैलाई जिल्ला अदालत मकवानपुरबाट १५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?