+
+

लुक्ला विमानस्थल नजिकको सामुदायिक वनमा डढेलो, एक घण्टासम्म विमानस्थल बन्द

रासस रासस
२०७८ फागुन २३ गते ११:२३
डढेलो । फाइल तस्वीर

२३ फागुन, सोलुखुम्बु । तेन्जिङ हिलारी विमानस्थल लुक्ला नजिकैको नक्चुङ सामुदायिक वनमा गए रातिदेखि भिषण आगलागी भइरहेको छ । आगो लागेको क्षेत्र भिर भएकाले नियन्त्रण गर्न कठिन भएको स्थानीयवासीले जनाएका छन् ।

खुम्बुपासाङ ल्हामु गाउँपालिका कार्यवाहक अध्यक्ष टासी ल्हमु शेर्पाले अत्यधिक भिर भएकाले मानिस गएर आगो नियन्त्रण गर्न सक्ने अवस्था नभएपछि हेलिकप्टर झिकाइएको जानकारी दिनुभयो । आगो नियन्त्रण गर्नको लागि अहिले काठमाडौंबाट हेलिकप्टर उडिसकेको बताइएको छ ।

आगोको धुवाँका कारण आज बिहान करिब एक घण्टा विमानस्थल नै बन्द भएको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख द्वारिका अछामीले जानकारी दिए । अहिले विमानस्थल सञ्चालनमा आइसकेको जनाइएको छ ।

खुम्बु पासाङ ल्हामु गाउँपालिका–२ मा पर्ने उक्त जङ्गलमा लागेको आगो फैलँदो अवस्थामा रहेको स्थानीयवासी रामे तामाङले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक एवं सूचना अधिकारी ओमप्रकाश यादवले भने आगलागीका विषयमा जानकारी नभएको बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?