+
+

हत्यामा संलग्न व्यक्ति बहराइनबाट पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २४ गते १७:३६

२४ फागुन, काठमाडौं । कास्की लेखनाथमा मजदुरी काम गरी बस्ने सुनसरीका २० वर्षीय रोजन राईको हत्यामा संलग्न कास्की लेखनाथ सातमुहाने ठेगाना भएका ४६ वर्षीय अशोक गुरूङ पक्राउ परेका छन् ।

२०६३ वैशाख २९ गते बेलुकी कुटपिटबाट सख्त घाइते भएका रोजन राईको उपचारको क्रममा २०६३ जेठ २ गते मृत्यु भएको थियो । घटनामा संलग्न अशोक गुरुङ घटनापश्चात वैदेशिक रोजगारीको सिलसिलामा बहराईन गएका थिए ।

उनीविरुद्ध अन्तर्राष्ट्रियस्तरमा पक्राउ गर्न नेपाल प्रहरीको अनुरोधमा ईन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी गरिएकोमा उनी बहराईनमा पक्राउ परेका थिए ।

उनलाई सम्बन्धित कसूरमा कारवाही गर्ने/गराउने प्रयोजनार्थ प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाबाट खटिएको प्रहरीले मंगलबार नेपाल ल्याएको प्रहरीले जनाएको छ । उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?