+
+

गुल्मीमा वैशाखदेखि हवाइ सेवाको तयारी

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २४ गते १९:२८

२४ फागुन, गुल्मी । गुल्मीस्थित रेसुङ्गा विमानस्थलको धावन मार्ग कालोपत्रे सकिएको छ । र यो विमानस्थलबाट आगामी वैशाखदेखि नियमित हवाइ सेवा सञ्चालनको तयारी भएको छ ।

रेसुङ्गा नगरपालिका–१० सिमीचौरस्थित रेसुङ्गा विमानस्थलको अन्तिम चरणका काम तीव्र रुपमा अघि बढेका छन् । अहिले विमानस्थलको धावन मार्ग कालोपत्रे सकिएको छ । टर्मिनल भवन रङ्ग रोगन सहितको काम १५ दिनभित्र सकिने निर्माण व्यवसायी हरिकुमार श्रेष्ठले बताए ।

विमानस्थल निर्माणको कामको मंगलबार पूर्वमन्त्री तथा गुल्मी क्षेत्र नम्बर-१ का सांसद प्रदीप ज्ञवालीले निरीक्षण गरेका छन् । उनले नियमित उडानका लागि नागरिक उड्डयन प्राधिकरण र निजी विमान सेवा कम्पनीसँग छलफल गरिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?