+
+

नक्कली बैंक ग्यारेन्टी बनाएको आरोपमा वाणिज्य बैंकका शाखा प्रबन्धकविरुद्ध भ्रष्टाचार मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २६ गते १६:५५

२६ फागुन, काठमाडौं । ठेक्कामा पेश्की लिन मिलेमतो गरेको र ठेकेदारको नक्कली बैंक ग्यारेन्टी (जमानीपत्र) बनाइदिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय बाणिज्य बैंक, जुम्लाका तत्कालीन शाखा प्रवन्धक रामजनक चौधरीसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सोनापुर सिमेन्ट फ्याक्ट्री सडक निर्माणको ठेक्का पाएको वि.टी./टौदह/फस्कु जेभीले दाङ घोराहीस्थित मध्यपश्चिम सडक डिभिजन कार्यालय नं २ मा बुझाउनुपर्ने अग्रिम भुक्तानी जमानी पत्र र सो जमानीपत्रको नवीकरण गरेको पत्र फर्जी बनाएको आधारमा उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले यो घटनामा तीनवटा निर्माण कम्पनीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

बिटी निर्माण सेवा र निर्देशक माधवप्रसाद भण्डारी, फस्कु निर्माण सेवा र प्रोपाइटर अर्जुन बहादुर बुढाथोकी र टौदह कन्ट्रक्सनका प्रतिनिधि पुन्नबहादुर शाहीविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो ।

ठेक्काको पेश्की रकम लिन फर्जी अग्रिम भुक्तानी जमानीपत्र तयार गरेर वाणिज्य बैंक जुम्लाका तत्कालिन शाखा प्रबन्धक चौधरीले भ्रष्टाचारजन्य काम गरेको अख्तियारको दावी छ । यसमा ठेकेदार कम्पनीका सञ्चालक र प्रतिनिधिहरू मतियार बनेको अख्तियारको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?