+
+

चेल्सीका मालिकलाई बेलायतले लगायो प्रतिबन्ध, तत्काल क्लब बेच्न नपाउने

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २६ गते १७:३५

२६ फागुन, काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब चेल्सीका मालिक रोमन आब्रामोविचलाई बेलायत सरकारले भ्रमण प्रतिबन्ध लगाएको छ ।

रुसी नागरिक उनले चेल्सी फुटबल क्लब बेच्न नपाउने गरी प्रतिबन्ध लगाएको हो । बेलायत सरकारले उनका व्यवसाय तथा उनी माथि नै पनि यात्रा प्रतिबन्ध लगाएको छ ।

रुस-युक्रेन विवादले युद्दकाे रुप लिँदा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनकाे पक्षमा खुलेका उनलाई बेलायत सरकारले निशाना बनाएकाे छ ।

बेलायती सासंदमा प्रतिबन्धकाे विषयले प्रवेश पाएपछि उनले चेल्सी बेच्ने घोषणा गरेका थिए ।

उनीमाथि लागेको प्रतिबन्धसँगै चेल्सीले अबका खेलका लागि कुनै पनि टिकट बेच्न नपाउने भएको छ । प्रतिबन्ध अगाडि किनिएका टिकटबाट भने समर्थकले खेल हेर्न पाउनेछन् ।

क्लबले खेलाडी तथा प्रशिक्षणमा सामेल रहेका अफिसियललाई तलबसहितका सुविधा भने दिन पाउने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?