+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

१४ औषधि पसललाई निलम्बनको कारबाही

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २६ गते १८:००

२६ फागुन, काठमाडौं । औषधि व्यवस्था विभागले माघ महिनामा १४ वटा औषधि पसललाई कारबाही गरेको छ ।

विभागले औषधि ऐन २०३५ को दफा २० को उपदफा ४(क) बमोजिम ती पसलहरूलाई ७ देखि २ महिनासम्म कारोबार गर्न नपाउने गरी (निलम्बनको कारबाही गरेको हो ।

काभ्रेपलाञ्चोक, तनहुँ, गोरखा तथा लमजुङमा माघ महिनामा गरेको अनुगमनको क्रममा त्रुटि फेला परेपछि उक्त औषधि पसललाई कारबाही गरिएको विभागले जनाएको छ ।

कारबाहीमा पर्नेमा काभ्रेपलाञ्चोकको श्री सिटी फार्मेसी, आरोग्यता मेडिकल हल, सुविधा फार्मेसी, श्री उद्धव फार्मेसी छन् । त्यसैगरी, तनुहँको श्री अन्जना फार्मेसी, श्री समाधान फार्मेसी, श्री श्रेया फार्मेसी, श्री तनहुँ डेन्टल केयर प्रालि, गोरखाको श्री ठाँटीपोखरी फार्मेसी, श्री योगजीवी मेडिकल हल, श्री भिगोर फार्मेसी, छेपेटार फार्मेसी र लमजुङको श्री सुयोग फार्मेसीलाई निलम्बनको कारबाही गरेको हो ।

विभागका महानिर्देशक भरत भट्टराईका अनुसार सबैभन्दा बढी कैफियत गर्नेमा व्यवसायी अनुपस्थित रहेको पाइएको छ ।

‘व्यवसायी वा लाइसेन्सप्राप्त व्यक्ति पसलमा अनुपस्थित हुने गरेको, दर्ता नै नगरी औषधि पसल सञ्चालन गरेको, औषधिको अभिलेख नराखेको, बिक्री–वितरणको बिल–भर्पाइ नभएको जस्ता कैफियत देखिएको छ,’ भट्टराईले भने,’ कैफियत गर्ने औषधि पसलहरूलाई कसुरको मात्रा हेरी निलम्बन गर्ने, पसल नै बन्द गराएका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?