+
+

महिला हत्याको आरोपमा दुईजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २६ गते १९:२३

२६ फागुन, भक्तपुर । महिलाको हत्या गरेको आरोपमा प्रहरीले भक्तपुरमा दुई जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार काभ्रेको नमोबुद्ध नगरपालिका-९ घर भई भक्तपुरको नागपोखरी बस्दै आएकी २८ वर्षीया जेनिशा नगरकोटीको गत सोमबार हत्या भएको थियो । हत्या आरोपमा पक्राउ पर्नेमा काभ्रेकै नमोबुद्ध नगरपालिका-२ का ४४ वर्षीय कुमार लामा र भुम्लु गाउँपालिका- ४ का ३८ वर्षीय नवराज रिजाल छन् ।

परिसरका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक राजु पाण्डेका अनुसार भक्तपुरको चाँगुनारायण-७ बागरे स्थित तरकारी खेती बारीमा रहेको टिनको कच्ची टहराभित्र हत्या भएको अवस्थामा महिलाको शव फेला परेको थियो ।

पक्राउ परेकाहरूलाई ७ हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतबाट अनुमति लिइएको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?