+
+
Shares

श्रोत नखुलेको १८ लाख रकमसहित एक भारतीय पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २७ गते २०:२७

२७ फागुन, जनकपुरधाम । श्रोत नखुलेको १८ लाखभन्दा बढी नेपाली रुपैयाँसहित रौतहटबाट एकजना भारतीय नागरिक पक्राउ परेका छन् ।

बीआर ०५ वाई २९७९ नम्बरको मोटरसाइकलमा सबार भई भारतबाट नेपालतर्फ आउँदै गरेका भारतको बिहार राज्य पूर्वी चम्पारण मोतिहारी जिल्ला महंगुआ ग्राम पञ्चायत निवासी ४५ बर्षीय दिप नारायण प्रसादलाई श्रोत नखुलेको रकमसहित सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट रु १८ लाख ७३ हजार नेपाली रुपैयाँ बरामद गरेको छ ।

पक्राउ उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?