+
+

निर्वाचनमा आफ्नो तागत नभए गठबन्धनले केही हुँदैन : मातृका यादव

नेकपा माओवादी केन्द्रका नेता मातृकाप्रसाद यादवले निर्वाचनमा गठबन्धन भन्दा पनि आफ्नो तागतमा भरोसा गर्नुपर्ने बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २८ गते १५:२३

२८ फागुन, सप्तरी । नेकपा माओवादी केन्द्रका नेता मातृकाप्रसाद यादवले निर्वाचनमा गठबन्धन भन्दा पनि आफ्नो तागतमा भरोसा गर्नुपर्ने बताएका छन् ।

प्रेस सेन्टर सप्तरीले शनिबार राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता यादवले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेरै जानुपर्ने तर आफ्नो तागतमा पनि भरोसा गर्नुपर्ने बताए ।

‘आफ्नो तागत छैन भने गठबन्धनले पनि केही हुँदैन’ उनले भने, ‘साथीहरुले गठबन्धनमा जोड दिइरहनुभएको छ । तर आफ्नो तागतमा जोड दिएर गठबन्धनमा ध्यान दिनु जरुरी छ ।’

विगतमा पनि गठबन्धनको सरकार हुँदा पार्टीहरु अलग अलग तरिकाले चुनावमा गएको भन्दै उनले चुनावका लागि आफ्नो शक्तिलाई बलियो बनाउनुपर्ने बताए ।

प्रधानमन्त्री देउवा इमान्दार भए गठबन्धन नै चुनावमा जाने र इमान्दार नभए चुनावमा गठबन्धन नहुन पनि सक्ने नेता यादवले बताए ।

अवसरवादीहरुको प्रवेशले पार्टी कमजोर बनेको स्वीकार्दै नेता यादवले कम्युनिष्ट आन्दोलनमा देखिएको संकटप्रति सबै संवेदनशील बन्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?