+
+

लागूऔषधसहित दुईजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २९ गते १५:५०

२९ फागुन,मकवानपुर ।  प्रहरीले विभिन्न लागूऔषधसहित दुईजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौडा उपमहानगरपालिका-१० बसपार्कस्थित सडकखण्डमा जाँचका क्रममा उनीहरूलाई शनिबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा चितवनका राप्ती नगरपालिका- ८ बस्‍ने २६ वर्षीय अमृत सुनार र खैरहनी नगरपालिका-७ बस्‍ने २७ वर्षीय किसन विश्वकर्मा रहेका छन् ।

प्रहरीले उनीहरुको साथबाट १७ एम्पुल डाइजेपाम, १९ एम्पुल फेनेरेगन र १५ एम्पुल नूफिन गरी जम्‍मा ५१ एम्पुल तथा २४० मिलिग्राम खैरो हिरोइन बरामद गरेको छ ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता राजकुमार सापकोटाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?