+
+

न्यायालय सुधार्न प्रधानन्यायाधीशविरुद्ध महाअभियोग : प्रकाशमान

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ३० गते १०:५९

३० फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नागरिकले सहज रुपमा न्याय पाउन नसकेकाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध माथि महाअभियोग प्रस्ताव ल्याउनु परेको बताएका छन् ।

एकमहिने चुनावी अभियान अन्तर्गत आज काठमाडौंको मिनभवनमा आयोजित कार्यक्रममा नेता सिंहले भने, ‘न्यायालयको नेतृत्व असफल भएपछि समग्र न्यायालय सुधारका लागि संविधान सम्वत सुधारको प्रयास थालिएको छ ।’

यही फागुन १ गते नेपाली कांग्रेससहित सत्ता गठबन्धन दलका सांसदहरुले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध महाअभियोग प्रस्ताव संसदमा दर्ता गराएका थिए । प्रस्ताव दर्ता भएपछि जबरा निलम्बनमा परेका छन् ।

नेता सिंहले जबराविरुद्धको महाअभियोग प्रस्तावलाई न्यायालय सुधारको प्रयास भनेर व्याख्या गरे । कार्यक्रममा उनले कांग्रेस कार्यकर्ताहरुले जनताको घर-घरमा पुगेर महाअभियोगका विषयमा स्पष्ट पार्न र नागरिकका सुझाव संकलन गरेर पार्टीलाई दिन आग्रहसमेत गरे ।

उनले अमेरिकी सहयोग परियोजना एमसीसीमा कुनै प्रकारको राष्ट्रघात नभएको जिकीरसमेत गरे ।

तत्कालीन नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीप्रति इंगित गर्दै उनले आफू सरकारमा रहँदा राष्ट्रहित र सरकार बाहिर रहँदा राष्ट्रघात देख्ने दलहरुका कारण एमसीसीबारे भ्रम सिर्जना भएको बताए । उनले एमसीसीमा राष्ट्रघात भएको भ्रममा नपर्न कांग्रेस कार्यकर्ताहरुलाई आह्वानसमेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?