
१ चैत, काठमाडौं । प्रहरीले ९०० पिस (६०फाइल) लागूऔषध नाइट्राभेट १०सहित दुईजनालाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका-१३ टंकेश्वरस्थित खडकखण्डमा महानगरीय प्रहरी वृत्त कालिमाटीले चेकजाँचका क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा त्रिपुरा सुन्दरी गाउँपालिका-४ घर भई काठमाडौं महानगरपालिका-१२ टेकु बस्दै आएका २० वर्षीया अनिश थापा मगर र भारतको उत्तर प्रदेश महाराजगञ्ज बरमाभोजका १९ वर्षीय अजय गौतम रहेका छन् ।
पक्राउ परेका उनीहरुमाथि लागु औषध नियन्त्रण ऐन, २०३३ बमोजिम महानगरीय प्रहरी वृत्त कालिमाटीबाट थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4