+
+

ओडीआईमा आरिफले बनाए पहिलो अर्धशतक

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २ गते १८:१३
फाइल तस्वीर ।

२ चैत, काठमाडौं । नेपाली क्रिकेटर आरिफ शेखले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो अर्धशतक बनाएका छन् ।

युएईमा भइरहेको क्रिकेट विश्वकप लिग टू अन्तर्गत पपुवा न्यु गिनी (पीएनजी) विरुद्धको खेलमा आरिफले एकदिवसीय अन्तर्राष्ट्रिय करियरको पहिलो अर्धशतक बनाएका हुन् ।

बुधबारकै खेलमा रोहित कुमार पौडेलसँग कीर्तिमानी शतकीय साझेदारी गरेका आरिफले ४१ औं ओभरको पहिलो बलमा १ रन लिँदै ५० रन पूरा गरे । उनले ८० बल खेल्दै २ चौका मद्दतमा अर्धशतक बनाएका हुन् । ८६ बल खेलेका उनी दुई चौकाको मद्दतमा ५४ रन बनाएर आउट भए ।

पाँचौ विकेटका लागि आरिफले रोहितसँग मिलेर १०२ रनको साझेदारी गरेका थिए । बुधबारकै खेलमा नेपालका रोहितकुमार पौडेलले पनि अर्धशतक बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?