
४ चैत, विराटनगर । विराटनगरमा होली मनाइएको छ । कोरोना महामारीका कारण गतवर्ष सुनसान रहेको विराटनगरमा यो वर्ष विभिन्न कार्यक्रम गरी होली मनाइएको हो ।
होलीको अवसरमा विभिन्न सामाजिक संघ संस्थाहरुले होली मिलन कार्यक्रम आयोजना गरेका छन् । बिहीबार विराटनगर महानगरपालिकाले पनि होली मिलन कार्यक्रमको आयोजना गरेको थियो ।
तराई मधेशका जिल्लामा होली पर्व हर्षोल्लासका साथ मनाइँदै छ । होलीको अवसरमा तराई मधेशका जिल्लामा आज सरकारले सार्वजनिक विदा दिएको छ ।
हिजो हिमाली र पहाडी जिल्लामा होली मनाइएको थियो । हिमाली पहाडी जिल्लामा र तराईका जिल्लामा एक दिनको फरकमा होली मनाउने चलाउने छ । तराई मधेसका जिल्लामा होली अर्थात् फागुलाई ‘होरी’ भन्ने चलन छ ।
हेर्नुस् तस्वीरहरु :
प्रतिक्रिया 4