+
+
बी डिभिजन लिग :

श्री भगवती र सरस्वती अगाडि, चर्च ब्वाइजको पहिलो हार

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ६ गते ११:५९

६ चैत, काठमाडौं । शहीद स्मारक बी डिभिजन लिगमा छैटौं चरणको खेल सकिएको छ । छैटौं चरणमा पुगेर चर्च ब्वाइज युनाइटेडको अपराजित यात्रा टुङ्गिएको छ र श्री भगवती क्लब र भने सरस्वती युथ क्लब शीर्ष दुईमा उक्लेका छन् ।

छैटौं चरणमा चर्च ब्वाइजलाई २(१ ले पराजित गर्दै श्री भगवती शीर्ष स्थानमा उक्लेको छ । श्री भगवतीले ३ जित ४ जित १ बराबरी र १ हारको नजितबाट १३ अंक जोडेको छ ।

पहिलो हारपछि चर्च ब्वाइज भने ११ अंकसहित तेस्रो स्थानमा झरेको छ ।

यस्तै सरस्वती युथ क्लबले श्री कुमारसँग १(१ को बराबरी खेल्दै अंक बाँडेको थियो । ६ खेलबाट ३ जित र ३ बराबरीको नतिजा निकालेको सरस्वती अपराजित रहँदै १२ अंक जोडेर दोस्रो स्थानमा छ ।

श्री कुमारीले भने यस सिसजन लिगमा खेलेको सबै ६ वटै खेलमा बराबरी गरेको छ ।

सरस्वती र श्री कुमारीसँगै नयाँबस्ती युथ क्लब छैटौं चरणसम्म अपराजित छन् । नयाँबस्ती ६ खेलबाट १० अंक जोडेर चौथो स्थानमा छ । रानी पोखरी कर्नर टिम ९आरसिटी० र खुमलटार युथ क्लबको समान ९ अंक छ र क्रमशस् पाँचौ र छैटौँ स्थानमा छ ।

समान ७ अंक रहेको टुसाल युथ क्लब र वीरगंज युनाइटेड क्रमशस् सातौं र आठौं स्थानमा छ ।

त्यसपछि झम्सिखेल युथ क्लब, बाँसबारी क्लब र श्री कुमार क्लबको समान ६ अंक छ ।

अन्तिम तीन स्थानमा रहेको सामाजिक युथ क्लब, ब्वाइज युनियन र मध्यपुर युथ एसोसिएसनको समान ४ अंक छ । ब्वाइज युनियन र मध्यपुर रेलिगेसन जोनमा छन् । यस सिजन अन्तिमको दुई क्लब सी डिभिजन लिगमा घटुवा हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?