+
+

क्रिप्टोकरेन्सीको विज्ञापनमा तस्वीर आएपछि सीआईबी पुगिन् प्रियंका

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ६ गते १६:३२
अभिनेत्री प्रियंका कार्की । फाइल तस्वीर

६ चैत, काठमाडौं । क्रिप्टोकरेन्सी विज्ञापनमा आफ्नो तस्वीर दुरुपयोग गरिएको भन्दै अभिनेत्री प्रियंका कार्कीले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा उजुरी दिएकी छन् ।

केही फेसबुक पेजबाट सेयर गरिएको क्रिप्टोकरेन्सीको क्षेत्रीय विज्ञापनमा आफ्नो भिडियो र तस्बिर राखिएको भन्दै प्रियंका आइतबार सीआईबीको कार्यालय पुगेकी थिइन् । उनले फोटो दुरुपयोग गर्ने दोषीलाई पक्राउ गरी कानुन बमोजिम कारबाही गर्न माग गर्दै उजुरी दिएकी हुन् ।

‘मेरो फोटो मिसयुज गरेर क्रिप्टोकरेन्सीको विज्ञापन बनाइएको रहेछ । दोषी पत्ता लगाएर कारबाहीको माग गर्दै उजुरी दिएकी छु,’ प्रियंकाले अनलाइनखबरसँग भनिन् ।

उनले अगाडि भनिन्, ‘मलाई कसैले बोलाएको होइन । प्रहरीलाई छानबिनमा सघाउन र उजुरी दिन आएकी हुँ ।’ फोटो दुरुपयोग गर्ने व्यक्ति र फेसबुक पेजबारे प्रहरीले अनुसन्धान सुरु गरिसकेको उनले बताइन् ।

सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले प्रियंकाले क्रिप्टोकरेन्सीलाई प्रमोसन गर्ने हिसाबमा सामाजिक सञ्जालमा प्रयोग भएको एक तस्वीर पोस्ट भएपछि उनीसँग सोधपुछ गरिएको बताए ।

नेपाल राष्ट्र बैंकले नेपालमा क्रिप्टोकरेन्सी कारोबारलाई अवैध घोषणा गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?