+
+

अख्तियारद्वारा २ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ६ गते १६:३८

६ चैत, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीको आदर्श सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन सचिव दिपक थापा मगर र जनक थापाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

अख्तियारले दिपक थापा मगरसँग दुई लाख ९३ हजार ३७२ रुपैयाँ ५१ पैसा र जनक थापासँग ७० हजार ८५ रुपैयाँ ३८ पैसा बिगो दाबी गरी भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

सुनसरीको साविक बराहक्षेत्र गाविस वडा नं। ३ स्थित आदर्श सामुदायिक वन उपभोक्ता समूहको सचिव रहँदा थापाद्वयले सामुदायिक वनमा वृक्षारोपण र तार घेराको नाममा अत्याधिक रकम खर्च देखाएको, चेक काटी रकम हिनामिना गरेको, समूहमा दाखिला गर्नुपर्ने रकम खाई मासेर आर्थिक अनियमितता गरेको आरोपमा अख्तियारले मुद्दा दायर गरेको हो ।

उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा ९१० र दफा ३ को उपदफा ९१० को खण्ड ९घ० बमोजिम अधिकतम सजाय माग गरिएको अख्तियारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?