+
+
Shares

पहिरो खसेपछि अवरुद्ध भयो सिद्धार्थ राजमार्गको बर्तुङ्ग-राम्दी खण्ड

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १३ गते १०:४२

१३ असोज, पाल्पा । सुख्खा पहिरो खसेपछि सिद्धार्थ राजमार्गको बर्तुङ्ग-राम्दी खण्ड अवरुद्ध भएको छ ।

मंगलबार बिहान माथागढी गाउँपालिका–१, चिदिपानीस्थित धेरैनीमा सडकको तल्लो भागमा पहिरो गएको सडक डिभिजन पाल्पाले जनाएको छ । पहिरो खसेपछि राजमार्गमा सवारी साधन सञ्चालनमा समस्या भएको हो ।

केही दिनअघि लगातार परेको अविरल वर्षाले तल्लो भागमा कटान गरेको र राजमार्गको आधा भाग भासिएकाले सवारी साधन सञ्चालनमा समस्या भएको सडक डिभिजन पाल्पाका सूचना अधिकारी महेश्वर लम्सालले बताए ।

हालका लागि साना सवारी पास गराए पनि ठूला सवारी संचालनमा समस्या देखिएको हो । बिहानैदेखि सवारी संचालनमा समस्या  भएपछि पर्यटकीय सहर पोखरा र स्याङ्जा, पाल्पा, बुटवलसम्मका यात्राका लागि निस्किएका सवारी र यात्रु अलपत्र परेका छन् ।

मेसिन मगाएर सवारी पास गराउन पहल गरिने सडक डिभिजन कार्यालय पाल्पाले बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?